काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको सरुवा गरको हो । सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
त्यसैगरी उद्योगमा रहेका नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् । त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै उर्जामा कार्यरत सचिव गोपाल प्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् ।
त्यसैगरी जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सिचाईका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सारिएको छ ।
को कहाँ सरुवा ?
१ घनश्याम उपाध्याय – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
२. कृष्णबहादुर राउत – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)
३. मुकुन्द निरौला – उपराष्ट्रपति कार्यालय
४.मधुसूदन बुर्लाकोटी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (जनसंख्या र प्रशासन)
५. केशवकुमार शर्मा – जल तथा ऊर्जा आयोग
६. गोपालप्रसाद सिग्देल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
७. दिनेश घिमिरे – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य)
८. नारायण शर्मा दुवाडी – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
९. रविलाल पन्त – निर्वाचन आयोग
१०.सरिता दवाडी – जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय (सिँचाइ)
११.सुशीलचन्द्र तिवारी – जलस्रोत, ऊर्जा तथा सिँचाइ (ऊर्जा)
१२.प्रमिलादेवी बज्राचार्य – नेपाल ट्रस्ट
१३.विश्वबाबु पुडासैनी – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google