काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । अख्तियारको शुक्रबार बसेको बैठकले अन्तःशुल्क स्टिकर छाप्दा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव बैकुण्ठ अर्यालसहितका सरकारी अधिकारीलाई मुद्दा चलाउने निर्णय गरेको हो ।
तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेको ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप् सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google