
काठमाडाैं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्त पक्राउ परेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोले ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरेकाे हाे । सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा पीडित महिलासँग भेटघाट भएकाे र साे क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य-दृश्य सम्पादन गरी पीडित महिलाकाे मेरो श्रीमानलाई पठाउने गरेकाे खुलेकाे छ । चरित्रहत्या गर्नुका साथै वैवाहिक जीवनमा समेत असर पार्ने गरी दुःख हैरानी दिने गरेकोले उक्त कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरी पाउँ भनि पीडित महिलाको निवेदन प्राप्त भएपछि महतोलाई पक्राउ गरिएकाे प्रहरी उपरीक्षक तथा साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताए ।
ब्युराेले भनेकाे छ, 'अनुसार प्राप्त निवेदन माथिको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट जिल्ला चितवन, रत्ननगर नगरपालिका-१० स्थायी वतन भई हाल काठमाडौं जिल्ला बस्ने वर्ष ४२ को चतुर्मान महतो खुल्न आएकोले निजलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा ब्यूरोबाट खटिई गएको टोलीले बबरमहल काठमाडौंबाट पक्राउ गरेकाे हाे ।'
काठमाडौं जिल्ला अदालतको मिति २०८० मंसिर २१ गतेको आदेशले सात दिनकाे म्याद थप भई पक्राउ परेका महाताेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google