मेयर बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

दर्पण दैनिक २३ माघ २०८०,१३:४४
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मङ्गलवार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो । 

समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन्  । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता सङ्गठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ काउन्सिलको तर्फबाट शुक्ला खनाल रहेका छन् । 


सरकारी अस्पतालहरूका प्रमुखमध्ये कान्ति बाल अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनीत भएका छन् भने स्वास्थ्य विभागका प्रमुखकी सचिव सजिना महर्जन पनि सदस्य चयन भएकी छन् । बैठकमा नगर प्रमुख साहले लक्षित वर्गसम्म स्वास्थ्य सेवा सहज रूपमा पुर्‍याउन ऐनको पालना गरेको बताए । समिति गठन गर्नुको उद्देश्य नै सार्वजनिक स्वास्थ्य सेवा लिने र दिने दुवै प्रक्रिया सहज बनाउनु रहेको बालेनको भनाई छ ।

‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ ’ प्रमुख साहले भने । 

यस्तै,१० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि महानगरले कार्यान्वयनमा ल्याउन लागेको जानकारी गराउँदै साहले अनलाई प्रणालीको प्रयोग गरी आम नागरिकले सहज सेवा लिनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकलाई अनलाइनबाट सेवा दिन आग्रह गरे ‘अनलाई प्रणालीको अभ्यास गरौँ । प्रयोगमा आइसकेपछि यसका सबल र दुर्बल पक्ष थाहा हुनेछन् । यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दै जाऔँला’ साहले भने । 

गठित निर्देशक समितिले लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन नेतृत्व गर्नेछ भने यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्ने महानगरले जनाएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ । 

कोही नभएका, केही नभएकाले औषधि किन्न स्वास्थ्य सेवा शुल्क तिर्न नसक्ने र उनीहरुजस्ता गरिब,दर्वल नागरिकका लागि सरकारले सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क गर्नुपर्ने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न गराउन आफूहरुले पहल थालेको भनाई महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले बैठकमा राखे । निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले ‘फ्रीहेल्थ डट काठमाडौं डट जीओभी डट एनपी वेभ’ प्रणाली सञ्चालनमा ल्याएको छ ।

यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड संख्या कति होरु कतिवडा बेडमा बिरामीले उपचार गराइरहेका छन्,कतिवटा खाली छन् लगायतका सबै आवश्यक जानकारी दिँदै आएको छ । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सो प्रणाली अन्र्तगत क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको जानकारी दिए । 

यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन अस्पतालमा नागरिक सेवा लिएर बसे देखि को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो सम्मका सबै विवरण उपलब्ध हुनेछन् । सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा देशभरिका नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । 

बैठकमा सहभागीहरुले लक्षित वर्गले उपचारका लागि पुग्ने बाटो छोटो र सहज बनाउनुपर्ने सुझाव दिए । झुटो विवरणका शिफारिस रोक्ने तथा दबाब सिर्जना गर्न नसक्ने बलियो प्रणाली विकास गर्नुपर्नेमा सहभागीको जोड थियो । जटिल खालका रोगका उपचार गराउन महानगरले साझेदारी गरेको अस्पतालहरुलाई कठिन भए संघीय सरकारले व्यवस्था गरेको आकस्मिक स्वास्थ्य कोष प्रयोगमा ल्याउनु पर्ने सुझाव सहभागीहरुले महानगरको स्वास्थ्य सेवा विभागलाई दिएका छन् । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: