
जाजरकोट । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १ सय ३३ पुगेको छ । राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा नेपाल प्रहरीले अरु १ सय ४० जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ ।
भूकम्पमा परी जाजरकोटमा ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् र रुकुम पश्चिममा ३८ जनाको मृत्यु तथा ८५ जना घाइते छन् ।
गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google