काठमाडाैं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गी अड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ । उनले केही दिनमा सहायक रथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना २० चैत २०५८ मा भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google