काठमाडौं । तनहुँ भिमादकी ५१ वर्षका सफिना मियाँको हत्या प्रकरणमा भारतका इक्रामहुल अन्सारी पक्राउ परेका छन् । हत्याको तीन महिनापछि सफिना मियाँको शव फेला परेको थियो । अहिले कालीमाटीबाट इक्रामहुल पक्राउ परेका हुन् । स्वयम्भूमा सरिता गिरीको २ तले घरको भूँईतलामा भाडामा बस्थे, भारत मोतिहारीका सफिना मिया र इक्रामहुल अन्सारी ।
गत ३ माघमा सो कोठामा केही गन्ध आएको भन्दै स्थानीयले खबर गरे । स्वयम्भू प्रहरीको टोली घरमा गएर हेर्दा घरभित्र एक महिलाको शव भेटियो । शव निकै पुरानो थियो । शव सफिना मियाको भएको खुल्यो ।
सफिना मियाको पति विदेश थिए । इक्रामहुल अन्सारी पनि विवाहित भए । दुवै जना काठमाडौं आएर लिभिङ टुगेदरमा बसेका थिए । स्थानीयका अनुसार एक वर्षयता उनीहरूसँगै बस्दै आएका थिए । इक्रामहुल नियमित मदिरा सेवन गर्थे ।
यही विषयमा सफिनासँग मतभेद भयो । विवाद बढ्दै जाँदा एक दिन ढोकाको आग्लोले हानेर सफिनालाई मारे । त्यसपछि उनी फरार भएको अनुसन्धानबाट खुलेको छ । इक्रामहुल अन्सारी जीबीएस गर्भेन्टमा कालिगड थिए । गत भदौमा उनी पैसा लिएर भारत गए । भारतमा रहेका उनी फेरि स्वदेश आए र अर्को गार्मेन्टमा काम थाले । अहिले उनी कालीमाटीबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google