काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासकाे नियन्त्रणमा रहेकाे पुष्टि गरेको छ । इजरायलको किब्बुज-अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुत्ज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरूमध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘तथापि, श्री जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google