काठमाडौं । जात व्यवस्था उन्मुलनका लागि अन्तर्राष्ट्रिय स्तरको विश्वव्यापी सम्मेलन हुने भएको छ । सो सम्मेलन सहयात्रा क्यानडाको समन्वयमा दक्षिण एसिया तथा उत्तर अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरूको सहभागितामा हुने भएको हो । सन् २०२५ को मे २५ देखि २७ सम्म क्यानडाको टोरोन्टो शहरमा हुने उक्त सम्मेलन भर्चुअल प्रेसमिटमार्फत गत शुक्रबार सार्वजनिक गरिएको थियो ।
ूसमता, सामाजिक न्याय र जात वयवस्था उन्मुलनका लागि एक्यवद्धताू भन्ने मुल नाराका साथ हुन लागेको उक्त सम्मेलनले विश्वलाई विभेदमुक्त बनाउन यथोचित कानुन निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै सम्मेलनले जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न सरकारी निकाय, नीतिनिर्माता, नागरिक समाज, विभिन्न संघसंस्था, संघसंगठनका प्रतिनिधि, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, विद्द्वानलगायत विद्यार्थीलाई ज्ञान आर्जन गर्ने साझा फोरमका रूपमा विकास गर्न सबैलाई एकै ठाँउमा ल्याउने लक्ष्य राखेको छ ।
सम्मेलनमा जातीय विभेद अन्त्य गर्न हामी कसरी मिलेर काम गर्न सक्छौं भन्ने उत्तम अभ्यास र समाधानका विषयमा अन्तर्राष्ट्रिय स्तरबाट बहस गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा रहेका सरोकारवाला निकाय तथा लक्षित समूहको ध्यानाकर्षण गरी विवेदरहित विश्व बनाउन नियमकानुन कार्यान्वयनमा सहयोग पुर्याउने अर्को लक्ष्य राखेको छ।
प्रेस वक्तव्यमा भनिएको छ 'हाल विश्वमा करिब २६ करोडभन्दा बढी मानिसहरूले जातीयताका आधारमा, रङका आधारमा तथा वंशजका आधारमा भेदभावको सामना गरिरहेका छन् । जातीय विभेद दक्षिण एसिया हुँदै विश्वभर फैलिँदै आएको र उन्मूलनका लागि विभिन्न प्रयत्नहरू निरन्तर भइरहेका छन् ।'
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google