
काठमाडौँ । सर्लाहीमा दुईवटा सवारी साधन ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ । बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी)मा ठोक्किँदा दुर्घटना भएको हाे ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजे बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीकै मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो । उनीहरु सबै बसका यात्रु हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google