ललितपुर । केही दिनदेखि हराइरहेका २७ वर्षीय निरज खड्गीकाे शब ललितपुर महानगरपालिका २४ धापाखेलस्थित नागदहमा भेटिएकाे छ । गोदावरी नगरपालिका ११ चापागाउँ घर भई हाल हरिसिद्धीमा बस्दै आएका २७ वर्षीय निरज खड्गीकाे शव डुबेको अवस्थामा फेला परेका हाे ।
एमबिबिएस अध्ययन गरिरहेका उनी केही दिन अघिदेखी हराईरहेकाे बताइन्छ । मृतकको शवलाई पोस्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google