डिउटीमा खटिएका प्रहरीमाथी खुकुरी प्रहार

दर्पण दैनिक २३ बैशाख २०८०,०९:०१
post

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चनभोजमा रहेको बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताए । उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । उनको बायाँ पाखुरामा चोट लागेको छ ।

चैसिर गस्तीमा खटिएको समयमा १०/१५ जनाको समूहले खुकुरी प्रहार गरेको बताउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: