खोटाङ । जिल्ला सरकारी वकिल कार्यालय खोटाङले शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईविरुद्ध बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
राईविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत खोटाङमा मुद्दा दायर गरेको हो । अब भोलि नै उनीविरुद्धको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ ।
राईले पटक-पटक यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि उनी पक्राउ परेका थिए । उक्त प्रकरणको अनुसन्धान गरी प्रहरीले सरकारी वकिललाई प्रतिवेदन पेस गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google