आमाबुबाले खोसाखोस गर्दा २ महिने बालकको मृत्यु, दुवै पक्राउ

दर्पण दैनिक २२ श्रावण २०८०,११:३८
post

बागलुङ । बागलुङमा दुई महिने नावालकको हत्या गरेको आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु विक र  उनकी पत्नी ३० वर्षीया सबिना विक छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार यही साउन १८ गते राति विक दम्पतीबीच विवाद हुँदा बालकको मृत्यु भएको थियो । 

पतिपत्नीबीच झगडा हुने क्रममा उनीहरुले छोरालाई एकअर्काबाट खोसाखोस र तानातान गरेका थिए। त्यसक्रममा बालक भूँइमा बझारिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । 

प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार आमाबुवा विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । रासस

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: