काठमाडौँ । जातीय विभेदमुक्त विश्व निर्माणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट वकालत गर्न जातीय विभेद विरुद्ध पहिलो विश्व सम्मेलनका सहभागी तथा अन्य अभियन्ताहरुलाई समावेश गर्ने गरी 'जातीय विभेदमुक्त विश्वका लागि विश्व संञ्जाल' (ग्लोबल अलायन्स फर कास्ट फ्री वर्ल्ड) गठन गरिएको छ ।
विश्व सम्मेलनका सभापति डा द्रोण रसालीको संयोजकत्वमा गठित उक्त अलायन्सका सदस्यहरुमा दलित अभियन्ता पल दिवाकर नमला, डा सुरज येंग्दे, बुद्धिस्ट सोसाइटी अफ इन्डियाका अध्यक्ष डा राजारत्न अशोक अम्बेडकर, अल इन्डिया फेडरेशन अफ एससी/एसटी अर्गनिजेशन्सका महासचिव किरण पाल चौधरी, एडवानकी संस्थापक अध्यक्ष डा बिष्णुमाया परियार, फेमिनिष्ट दलित अर्गनिजेशन नेपालकी संस्थापक अध्यक्ष दुर्गा शोब, समता फाउन्डेशन नेपालका अध्यक्ष डा मदन परियार, इन्टरन्याशनल कमिशन अन दलित राइट्सका अध्यक्ष डी बी सागर विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द्र विश्वास, चेतना एसोसियशन अफ क्यानडाका जय बिर्दी, इन्टरन्याशनल फोरम फर सोसल जस्टिस डेभलपमेन्ट नेपालका ओम प्रकाश बिके गहतराज, नेटिभ आर्ट्स एण्ड हेरिटेज एकेडेमी काठमाडौँका डा मान विश्वकर्मा, दलित एनजीओ फेडरेशन अफ नेपालका पूर्व अध्यक्ष गजाधर सुनार, नेपाल अमेरिका सोसल अर्गनिजेशनका अध्यक्ष रविलाल सुनार, पूर्व अध्यक्ष गोपाल विश्वकर्मा, इन्टरन्यासनल अलाएन्स फर सोसल जष्टिसका अध्यक्ष धरम विश्वकर्मा, ग्लोबल फोरम फर एलिमिनेशन अफ कास्ट डिसक्रिमिनेशनका अध्यक्ष पदम विश्वकर्मा, दक्षिण एसियाली दलित आदिवासी नेटवर्क क्यानडाका कार्यकारी निर्देशक बिजय पोली, भ्यानकुभर क्यानडा निवासी अधिकारकर्मी चंचल माला, अधिकारकर्मीहरु हरदेव साही, प्रेम परियार, पुजन गन्धर्व, अनुसन्धानकर्ता पुष्प वादी, मानव अधिकारकर्मी कर्ण बहादुर नेपाली, सहयात्रा क्यानडाका अध्यक्ष सन्तोष विश्वकर्मा, वर्ल्ड सोसल फोरमकी सदस्य कार्मिंडा म्याकलोरि छन् ।
उक्त समितिको पहिलो बैठक आगामी तीन महिना भित्र बस्ने र छुटेका संस्था तथा व्यक्तिहरुलाई समावेश गरी कार्ययोजना ल्याइने रसालीले जनाए । ग्लोबल एलाएन्स फर काष्ट फ्री वर्ल्डको सचिवालय टोरन्टोमा मुख्यालय सहयात्रा इन्टरनेसनल अलायन्स फर सोशल जस्टिसले सञ्चालन गर्नेगरी सचिवालय समिति निर्माण गरिने छ । यो पहलले दक्षिण एशियाका दलितहरू मात्र नभई विश्वभर रहेका समान परिस्थिति भएका समूहहरूलाई समेट्नेछ ।
साथै, अल इन्डिया फेडरेशन अफ एससी/एसटी अर्गनिजेशन्सका महासचिव किरण पाल चौधरी नेतृत्वमा नयाँ दिल्लीमा क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना रहेको छ । त्यसैगरी अक्सफोर्ड विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक डा डेभिड गेलनर, अल्पसंख्यक मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदक डा. फर्ना डे वारें, प्राध्यापक योगेन्द्र शाक्य, शोधकर्ता, नीति निर्माता लगाएत विषय विज्ञहरु थप गरी एक सल्लाहकार कमिटी गठन गरिने छ ।
'ग्लोबल काष्ट क्रिटिकल थिङ्क ट्यांक' को गठन
यसै गरी सोही भेलाले जातीयतावाद सम्बन्धी सिद्धान्तहरू (Critical Caste Theory) मा अध्ययन तथा अनुसन्धान गरिरहेका ख्यातिप्राप्त प्राध्यापकहरू समावेश हुने गरी ग्लोबल काष्ट क्रिटिकल थिङ्क ट्यांक गठन गर्ने निर्णय गरेको छ। उक्त थिङ्क ट्यांकमा प्रा डेभिड गेल्नर (अक्सफोर्ड विश्वविद्यालय), सुखदेव थोरात (जेएनयू), प्रा लरेन्स साइमन (ब्रान्डाइस विश्वविद्यालय), प्रा राजेश सम्पथ (ब्रान्डाइस विश्वविद्यालय), प्रा स्टिभ फोल्मार (वेक फोरेस्ट विश्वविद्यालय), प्रा उत्तम गौली (मर्गन स्टेट विश्वविद्यालय), प्रा बेञ्जामिन वेल्श (मर्गन स्टेट विश्वविद्यालय), डा द्रोण रसाली (ब्रिटिश कोलम्बिया विश्वविद्यालय), डा एन मर्फी (ब्रिटिश कोलम्बिया विश्वविद्यालय), प्रा चन्द्र फोर्ड (एमोरी विश्वविद्यालय) लगायत अन्य विज्ञहरूलाई पनि यस समूहमा सामेल हुन आमन्त्रण गरिनेछ ।
ग्लोबल नेपाली डायस्पोरा इन्टरन्यासनल अलायन्स फर सोशल जस्टिस
यसै गरी नेपाली डायस्पोरामा जातीय विभेद अन्त्य गर्न काम गरिरहेका संस्था तथा व्यक्तिहरुको साझा एक फोरमको रुपमा विकास गरी कार्य गर्नका लागि 'ग्लोबल नेपाली डायस्पोरा अलायन्स फर सोशल जस्टिस' गठन गरिएको छ । अमेरिकाको बाल्टिमोर निवासी व्यवसायी तथा समाजसेवी धरम विश्वकर्माको नेतृत्वमा गठन गरिएको उक्त अलायन्सका अन्य सदस्यहरुमा डा. बिष्णुमाया परियार, गोपाल बिश्वकर्मा, रबिलाला सुनार, पदम बिश्वकर्मा, डिबि सागर विश्वकर्मा, दिलिप नेपाली, प्रेम परियार,ओम प्रकाश गहतराज, सन्तोष विश्वकर्मा, जितेन्द्र विश्वकर्मा रहनु हुनेछ। छिट्टै अन्य इच्छुक महानुभावहरुलाई समावेश गरी कमिटीलाई पूर्णता दिलाइने छ । अलायन्सले विश्वभर रहेका नेपालीहरूमाझ जातीय विभेदका मुद्दालाई सम्बोधन गर्नुका साथै अभियन्ताहरुलाई संगठित गर्ने छ ।
'ग्लोबल अलाएन्स फर काष्ट फ्री वर्ल्ड' को कार्यलाई सहयोग पु-याउन तथा विश्वभरी मिडिया मार्फत जातीय विभेदका मुद्दाहरु उठान गर्ने गरी एक अन्तरराष्ट्रिय मिडिया समन्वय समिति निर्माण गरिने छ । उक्त समितिका सदस्यहरुको नाम छिट्टै सार्वजनिक गरिने जनाइएको छ।
क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा इन्टरन्यासल अलाएन्स फर सोसल जस्टिस (क्यानडा) तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न ४५ संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५' टोरन्टो घोषणापत्र जारी गर्दै मे २५-२७, २०२५ मा सम्पन्न भएको छ।
आयोजकले विश्व सम्मेलन आयोजना गर्न सघाउने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google