
काठमाडौँ । काठमाडौँको प्रज्ञा भवनअगाडि सडकमा आज (बिहीबार) बिहान स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई हाल काठमाडौँको वनस्थली बस्ने अन्दाजी २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको हो ।
उनले चलाएको बा. प्र. ०२-०३४५३४५८ नम्बरको कालो, निलो रङको स्कुटर कमलादीबाट घण्टाघरतर्फ जाँदै गर्दा आज (बिहीबार) बिहान २:३० बजे काठमाडौँ-२८ प्रज्ञाभवन मेघालयअगाडि बिजुलीको पोलमा ठोकिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकामा बिहीबार बिहान २:४५ बजे चिकित्कसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google