युनिफाइड नेसनद्वारा विद्यार्थीलाई स्कुल जुत्ता वितरण

दर्पण दैनिक २४ पुष २०८०,०९:४९
post

ललितपुर । लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले १०४ जना विद्यार्थीलाई स्कुल जुत्ता प्रदान गरेको छ । ललितपुरको बागमती गाउँपालिका वडा नं ३ भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई जुत्ता प्रदान गरिएको हो । 


लायन्स क्लब इन्टरनेसनल ३२५ जे अन्तर्गत रहेको उक्त क्लबले जुत्ता र मोजा गरी करिब ५५ हजार रुपैयाँ बराबरको जुत्ता प्रदान गरेको क्लबले जनाएको छ । विद्यालयका १ देखि ८ कक्षासम्म अध्ययनरत १०४ जना विद्यार्थीलाई आवश्यक पर्ने गोल्डस्टार ब्राण्डको जुत्ता विद्यालयमा नै पुगेर प्रदान गरिएको हो । 

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले आफ्नो नियमित समाजसेवाका कार्यक्रमहरु सबै सातकन्या आधारभूत विद्यालयमा गर्दै आएको छ । यसअघि पनि क्लबले सबै विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक प्रदान गरिसकेको छ । छात्रावृत्तिस्वरुप १३ जना विद्यार्थीको भने सम्पूर्ण खर्च क्लबले व्यहोर्दै आएको छ । 

स्कुल जुत्ता वितरण कार्यक्रममा कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ जे का रिजन चेयरपर्सन लायन पुरुषोत्तम बस्नेत, लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन उमेशकुमार पाण्डे, फस्ट भाईस प्रेसिडेन्ट लायन राम पण्डित, सेक्रेटरी लायन धूर्व बर्तौला खत्री उपस्थित थिए । 

कार्यक्रममा बोल्दै लायन पुरुषोत्तम बस्नेतले यस अघिका कार्यक्रममा आउँदा विद्यार्थीहरुको खाली गोडा देखेर नै जुत्ता प्रदान गर्ने सोच आएको बताए । उनले जहाँ आवश्यकता त्यहाँ लायन्स हुने भएकाले विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य कुराहरुमा पनि सहयोग गर्ने बताए । त्यस्तै विद्यालयका प्रधानअध्यापक राम प्रसाद घिमिरेले विद्यार्थीहरुको हौसला बढाएर शैक्षिक स्तर सुधार गर्न सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए । 

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनका प्रेसिडेन्ट लायन उमेश कुमार पाण्डेले जुत्ता खरीदका लागि सहयोग गर्ने क्लबका सबै सदस्यहरुलाई धन्यवाद दिए । 

लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनले आफ्नो महत्वकांक्षी प्रोजेक्ट अन्तर्गत शैक्षिक कार्यमा योगदान दिने उद्देश्यअनुरुप भट्टेडाँडास्थित सातकन्या आधारभूत विद्यालयलाई चयन गरेको हो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: