काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हाे । बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पत्ताल महाराजगंजमा कार्यरत छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google