आफैँले १ लाख तिरेर आफ्नै सुनचाँदी पसल चाेरी गर्न लगाएपछि....

दर्पण दैनिक २० असार २०८१,१७:०९
post

काठमाडौं । २०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए । सो पसलका व्यवस्थापक विश्वकर्मा र गौतम सुनका गर गहना बनाउन व्यस्त थिए ।

त्यतिबेलै पसल अगाडिको सडकमा एउटा मोटरसाइकल रोकियो । कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाईकल सडक छेउमै पार्किङ्ग भयाे । र, त्यो मोटरसाइकलमा सवार दुई जना छेउकै घरको माथिल्लो तलामा रहेको बिनोद सुनचाँदी पसलमा प्रवेश गरे ।


त्यो अज्ञात समूहको मुखमा मुखौरो । हातमा खुकुरी र चक्कु । विजय विश्वकर्मा र बापिधर गौतम डराए । अज्ञात दुई व्यक्तिले धारिलो खुकरी र चक्कु घाँटीमा राख्दै पसलभित्र राखिएको पैसा र गरगहना दिन धम्की दिए ।

डर त्रासले विजय र बापिधरले प्रतिकार गरेनन् । उनीहरूले पसलमा रहेको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँबराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनको गरगहना लुटेर भागे ।

लगत्तै विजय र बापिधरले पसलका सञ्चालक बिनोद सुनारलाई खबर गरे । बिनाेद पनि केही समयपछि त्यहीँ पुगे । उनीहरू मिलेर जिल्ला प्रहरी कार्यालय चितवनलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्यो । चितवन प्रहरीले सोही दिनदेखि अनुसन्धान थाल्यो ।  प्रहरीले लामो अनुसन्धान गर्‍यो । चोरको खोजी गर्‍यो । तर, भेटाएन ।

त्यसपछि स्थानीय प्रहरीले  केन्द्रसँग सहयोग माग्यो । नेपाल प्रहरीको हेड क्वाटरले केन्द्रीय अनुसन्धान ब्यूराेलाई सहयाेगका लागि पत्र पठायो ।

सीआईबीले इन्स्पेक्टर शान्ता लामाको नेतृत्वमा टोली अनुसन्धानमा खटायो । सीआईबीले अनुसन्धान गर्दा त्यो पसल लुट्ने तिनै पसलका सञ्चालक बिनोद सुनार नै रहेको खुलासा भयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सञ्चालक सुनारले यो सबै योजनाबद्ध रुपमा गरेका रहेछन् ।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनले पसलको बीमा गरेका रहेछन्, सो बीमा असुल्नका लागि सो योजना बुनेको  अनुसन्धानबाट खुलेको बोगटी बताउँछन् ।

‘बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएकोमा उक्त कार्यमा संलग्न पाँच जना ब्यक्तिहरू पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-२०, चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भनेको छ ।

प्रवक्ता बोगटीले पसल सञ्चालक सुनारले नै दुई जना (पूर्ण बहादुुर र पवन कुमार)लाई ५०/५० हजार रुपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुलेको बताए । बोगटीका अनुसार पसल घाटामा गएपछि बीमा गरेको रकम असुल्नका लागि यो योजना गरेका थिए । उनले पसलबाट झण्डै तीन केजी सुन र ३५ केजी चाँदी लुटपाट गराएको अनुसन्धानबाट खुलेकाे जानकारी दिए ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा बिनोद सुन चाँदी पसलका सञ्चालक बिनोद सुनार (योजनाकार), सो पसलका मेनेजर विजय विश्वकर्मा, पूर्ण बहादुर बिश्वकर्मा, पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने अन्जना पुडासैनी रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरु दमौली र नवलपरासी लगायतका ठाउँहरुबाट पक्राउ परेको बोगटीले जानकारी दिए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: