दुई डिआइजीको काज सरुवा, उपत्यका ट्राफिक प्रमुखमा पोखरेल

दर्पण दैनिक ३० चैत्र २०७९,०७:२४
post

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।

मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो । डिआइजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ । जोशी प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा कार्यरत थिए । विशेष ब्युरोमा यसअघि सुदिप गिरी थिए । गिरी एआईजीमा बढुवा भएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: