
काठमाडौं । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ ।
'असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,' उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google