
काठमाडाैं । नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरूलाई नापी कार्यालय परिसर ललितपुरबाटै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान शुरू गरेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google