
काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ ।
आइतबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी उक्त क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो ।
काठमाडौं प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ । ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google