काठमाडौँ । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याउने काम थालिएको छ । नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउन थालिएको हो ।
निरीक्षणका क्रममा समितिकी संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइड सेटिङकाे निरीक्षण गरेकी छिन् । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।
पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ ।
त्यसभन्दा पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ । यो १६ एमएमसम्मको हुनेछ । सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको हो । २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google