
काठमाडौँ । नारायणी नदीमा बेपत्ता दुईवटा बसका यात्रुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६० जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ ।
आज बिहान ३ बजे भएको यो घटनामा धेरै जनाको हताहती भएको अनुमान प्रहरीले गरे पनि अहिलेसम्म कसैको शव फेला परेको छैन । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी बेपत्ताको उद्धार र खोजीमा खटिएका छन् ।
पहिरो गएको क्षेत्रमा अहिले यातायात अवरुद्ध छ । मुग्लिन नारायणगढ सडक खण्डका आधा दर्जन ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोले यातायात अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google