
काठमाडौं । असोज १ गतेदेखि आफूखुसी गैर हाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगन्ज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टङ्क भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो ।
कार्यालयमा गैर हाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।
सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ । मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google