उपत्यकाकाे सुरक्षा व्यवस्था : डिआइजीकाे नेतृत्वमा कमाण्ड सेन्टर

दर्पण दैनिक ७ मंसिर २०८०,०६:२६
post

काठमाडौ । आज मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत पारेकाे जनाएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौँका प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।


उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारिएको पनि बताए । उनले आमसर्वसाधारणको दैनिकीलाई सहजीकरण गर्नका लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको उनले बताए । 

उनले नागरिकहरूलाई कुनै डर र त्रास नलिइ आफ्नो दैनिकी सञ्चालन गर्न आग्रह गरे। उनले यातायातको आवागमनमा भने केही समस्या भए पनि त्यसका लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए । उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

उनले काठमाडौँका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उक्त प्रदर्शनीकै लागि भनेर सबै सुरक्षा निकायको समन्वयमा एकीकृत सुरक्षा योजना बनाइ टोली परिचालन गरिएको जानकारी दिए । उनले उपत्यका प्रहरीबाट डिआइजी लालमणि आचार्यको नेतृत्वमा सबै सुरक्षा निकाय सम्मिलित कमान्ड सेन्टर बनाइ सुरक्षा फोर्स परिचालन गरिएको बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: