
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार साँझ भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनका अनुसार वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिइएको छ । उनको साथबाट १० हजार जाप्निज एन एक सय डलरको एक थानसमेत बरामद गरिएको उनले बताए । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google