
काठमाडौं । सरकारले बैशाख २४ गते संसदको बजेट अधिवेसन बोलाउन सिफारिस गरेको छ । मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी गराइन् । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google