दार्चुलाको मालिकार्जुन ३ का वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

दर्पण दैनिक १४ असार २०८०,२१:०६
post

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको घटना प्रकाशमा आएपछि वडा अध्यक्ष धामी माघ महिनादेखि फरार थिए । उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालतमा पेस गरेको हो ।

दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

गत वर्ष वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा धामी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: