अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चाइल्डसेफनेट र टिकटकले ७ जिल्लामा डिजिटल सुरक्षा तालिम सञ्चालन गर्ने

दर्पण दैनिक २० माघ २०८१,१२:०१
post

काठमाडौँ । अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले, टिकटकसँग सहकार्य गर्दै  डिजिटल सुरक्षा तालिम संचालन गर्न १४ वटा विद्यालयहरूसँग सम्झौता गरेको छ ।यस पहल अन्तर्गत कोशी, बागमती र गणडकी प्रदेशका सात जिल्लाहरू  - सुनसरी, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, तनहुँ, र कास्की जिल्लाका विद्यार्थी, शिक्षक, र अभिभावकहरूका लागि डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण तथा कार्यशालाहरू सञ्चालन गरिनेछ।
 
तालिम सँचालन गर्न पूर्व तयारी स्वरुप चाइल्डसेफनेटले काठमाडौँमा माघ १६ देखिँ १८ गते सम्म एक तीनदिने दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो, जसमा १४ विद्यालयका प्रधानाध्यापकसहित २८ जना शिक्षकहरू सहभागी भएका थिए। उक्त प्रशिक्षणले शिक्षकहरूलाई डिजिटल सुरक्षा तालिम सत्र तथा कार्यशालाहरु प्रभावकारी रुपमा सँचालन गर्न आवश्यक ज्ञान र सीप प्रदान गरेको थियो ।
 
सुरक्षित इन्टरनेट दिवस (११ फेब्रुअरी २०२५) को कार्यक्रमसँग संयोजन गर्दै प्रशिक्षित शिक्षकहरूले  आआफ्ना स्कूल तथा समुदायहरुमा डिजिटल सुरक्षासम्बन्धी प्रशिक्षण सत्रहरू सञ्चालन गर्नेछन्। डिजिटल सुरक्षा तालिमले विद्यार्थी, शिक्षक, र अभिभावकहरूलाई महत्वपूर्ण डिजिटल साक्षरता सीप प्रदान गरी बालबालिकाहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा राखेको छ।
 
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशी ले प्रमुख प्रशिक्षकको रूपमा संचालन गरिएको प्रशिक्षक प्रशिक्षण कार्यशालामा बाल संरक्षणका अन्तर्राष्ट्रीय विज्ञ बिमल रावल, साइबर कानुन विशेषज्ञ तथा काठमाडौं स्कूल अफ लका सह-प्राध्यापक कपिल अर्याल तथा वरिष्ठ बाल मनोविद् रुपा प्रधान क्षेत्रीले सैध्दान्तिक र व्यवहारिक  प्रशिक्षण दिएका थिए ।
 
यस कार्यक्रमबारे जानकारी दिँदै रघुवंशीले भने “आजको डिजिटल युगमा, बालबालिका र युवा पुस्तालाई इन्टरनेट पहुँच मात्र होइन, सुरक्षित रूपमा अनलाइन संसारमा नेभिगेट गर्न आवश्यक ज्ञान र सीप पनि आवश्यक छ। विद्यालयहरू र टिकटकसँगको यो सहकार्य विद्यार्थी, शिक्षक, र अभिभावकहरूलाई अनलाइन जोखिमहरू सम्बोधन गर्न तथा जिम्मेवार डिजिटल नागरिकता प्रवर्द्धन गर्न सशक्त बनाउन एक महत्वपूर्ण कदम हो।”
 
यस साझेदारीले नेपालका बालबालिकाहरू र युवाहरूका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने चाइल्डसेफनेटको प्रतिबद्धतालाई उजागर गर्दछ । चाइल्डसेफनेटले देशका चालिस भन्दा बढी जिल्लामा बालबालिकाको लागि डिजिटल सुरक्षा तालिम तथा सचेतना कार्यक्रमहरु सँचालन गरिसकेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: