पोखरामा दुर्घटनापछि बस पल्टिएर ठडियाे, दुई जना घाइते

दर्पण दैनिक १७ चैत्र २०८०,११:३६
post

काठमाडौं । पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २८ को अर्चलेमा बेगनासताल बस व्यवसायी समितिअन्तर्गतको बस दुर्घटनामा परेको हो ।

दुर्घटनापछि बस पल्टिएर ठडिएको छ । घटनामा घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्र थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: