
काठमाडौं । मोटरसाइकलको ठक्करबाट हेटौँडामा एक प्रहरी जवानको मृत्यु भएको छ । बुधवार बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरी टोलीमा रहेका प्रहरी जवान २५ वर्षीय विनोद एडीलाई मोटरसाइकलले ठक्कर दिएको थियाे ।
ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अन्य दुई प्रहरीसहित मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेका छन् । मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी गणमा कार्यरत थिए । अर्का घाइते मोटरसाइकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google