
काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई हाजिर हुन आउन भन्दै सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाइने चेतावनी दिएको हो ।
दुई प्रहरी सहायक हवल्दार र प्रहरी जवानसहित ३० प्रहरी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैर हाजिर हुनेमा प्रहरी सहायक हवल्दारद्वय सुन्दर सेन र वुद्धिमान तामाडसहितका प्रहरी रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
समयमै हाजीर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google