
ललितपुर । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ । शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार अचानक विद्युत सर्ट भई आगलागी भएको हो । उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी र ललितपुर महानगरपालिकाबाट दमकल झिकाइएको थियो । बसमा धुवाँ निस्कनेबित्तिकै यात्रुहरु सबै बाहिर निस्किएकाले सबै सुरक्षित रहेको बताईएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google