बैंकर्स संघ र बिमक संघबीच भयाे यस्ताे सम्झौता

दर्पण दैनिक २ जेष्ठ २०८१,०७:३०
post

काठमाडौं । नेपाल बैंकर्स संघ र नेपाल बिमक संघबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघकातर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बिमक संघका तर्फबाट बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य  बैंक, बिमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासका लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको बताइएको छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: