काभ्रे । तेमाल गाउँपालिकाले तेमाल बाहिर वसोवास गर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर राख्दै काठमार्डौँका विभिन्न स्थानबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने भएको छ । एक सूचना जारी गर्दै प्रमुख पालिकाले तोकेको मितिमा तोकिएको स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्न अनुरोध गरेका छन् ।
साउन १० गते काठमाडौँको कुमारीगाल, ११ गते नयाँवस्ती बौद्ध, १२ गते कपन, १४ गते स्वयम्भु, १५ कोटेश्वर महादेव मन्दिर, १६ गते भक्तपुरको सूर्यविनायक र १७ गते काभ्रेको बनेपामा सम्पर्क स्थान तोकिएको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । उक्त स्थानमाहरुमा तोकिएको दिन विहान ८ बजेदेखि दिउसो ३ बजेसम्म समपर्क गर्न पालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google