बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा भएको दुर्घटनाका मृतक ७ मध्ये ६ जना ठाकुरबाबाका (नामसहित)

दर्पण दैनिक २३ भाद्र २०८०,०८:०८
post

काठमाडौं । शुकुबार राति दाङबाट आउँदै गरेको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये ६ जना बर्दियास्थित ठाकुरबाबा नगरपालिकाका रहेको खुलेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ठाकुरबाबा नगरपालिका ९ मा रहेको सामुदायिक वनबाट भ्रमण गएको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा कस्तुरी थापा (५५), काँशीराम थारू (५०), रूपा परियार (५०), जयन्ति थारू (३५) र साधुराम चौधरी (६५) को मृत्यु भएको छ । यी सबै ठाकुरबाबा नगरपालिका वडा ९ का बासिन्दा हुन् ।


यसैगरी उक्त दुर्घटनामा ठाकुरबाबा ८ का ४५ वर्षीय जुगबहादुर चन्दको पनि मृत्यु भएको छ ।

मृतक ३५ वर्षीय चालकको भने परिचय खुलेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले बसमा जम्मा ४१ जना रहेकाेमा घाइतेमध्ये २९ जनाकाे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेकाे जानकारी दिए ।

बाँकी ५ जना भने सकुशल रहेका छन् । शुक्रबार राति दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएकाे थियाे ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: