इलाम २ मा रास्वपाकाे उम्मेदवार मिलन लिम्बु

दर्पण दैनिक १५ चैत्र २०८०,१८:२५
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताए ।


विज्ञप्ति


विक्रम संवत् २०८० चैत्र १५ गते
नेपाल संवत् ११४४ चिल्लागा तृतिया
सूचना
मिति २०८१ वैशाख १५ गते हुने इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार मिति २०८० चैत्र १५ गते उम्मेदवारहरुबीच छलफल भयो । उक्त छलफल पश्चात् देहायका उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएकाले उल्लेखित निर्वाचन क्षेत्रहरुमा सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा एकल उम्मेदवार मात्र कायम रहेको छ ।
अत: देहाय बमोजिमका उम्मेदवार प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा 'घण्टीवाहक' उम्मेदवारका रुपमा चयन हुनुभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

उपनिर्वाचनका 'घण्टीवाहक' उम्मेदवारको नामावली
क्र.सं. उम्मेदवारको नाम, थर जिल्ला निर्वाचन क्षेत्र
१. मिलन लिम्बु इलाम २

भूमिनन्द बराल
सचिव
केन्द्रीय निर्वाचन आयोग

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: