रविलाई अदालत लगिँदै आज, रास्वपाकाे खबरदारी सभा

दर्पण दैनिक २० कार्तिक २०८१,०९:१०
post

काठमाडाैँ । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।

पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो ।

गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् । जोशीको बयान लिइसकेको प्रहरीले लामिछानेसँग पनि पहिलो चरणको बयान सकेको छ । अनुसन्धानका क्रममा नयाँ तथ्य बाहिर आएकाले प्रहरीले रविसँग थप बयान अर्थात् ततिम्बा बयान लिने तयारी पनि गरेको छ ।

यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ ।


रास्वपाले खबरदारी सभा गर्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पोखरामा खबरदारी सभा गर्ने भएको छ । कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई आज म्याद थप गर्ने कास्की अदालत उपस्थित गराइँदैछ । रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।

‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । भोलि कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’

उनले आज २० गते लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् ।

उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन । ‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । आज पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।
रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: