सोलुखुम्बु । हिमगंगा माध्यमिक विद्यालयले ७२औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो वार्षिकोत्सव लिखुपिके गाउँपालिका ३ नम्बर वडाको प्रायोजनमा सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता, हिसाब दौड, साँस्कृतिक तथा नाटकीय कार्यक्रम आयोजना गरिएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा जनसेवा आधारभूत विद्यालय प्रथम, चन्द्रज्योति माध्यमिक विद्यालय दित्तीय र महादेव आधारभूत विद्यालय तृतीय भएका छन् । त्यस्तै सान्वना स्थान भने आयोजक हिमगंगा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । हाजिरीजवाफ प्रतियोगितामा लिखुपिके गाउँपालिकभित्रका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।
सो कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सबै विद्यालयहरुलाई वार्षिकोत्सब मनाउन आग्रह गरेकी छन् । त्यस्तै उनले सहभागी हुने सम्पूर्ण विद्यालयलाई धन्यवाद व्यक्त गरिन । अध्यक्ष बस्नेतले वार्षिकोत्सव कार्यक्रममा प्रस्तुत गरिएका साँस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक नाटक मुक्तकण्ठले प्रशंशा गरिन । त्यस्तै उनले पठनपाठनलाई व्यवस्थित बनाउन हिमगंगा माध्यमिक विद्यालयमा सीसी क्यामेराको प्रबन्ध मिलाएको बताइन् ।
हिमगङ्गा माविका प्रधानध्यापक हेमबहादुर बस्नेतले कमिकमजोरी भए सुधार गर्नका लागि सबैको रचनात्मक सल्लाह सुझावको अपेक्षा रहेको बताए । त्यस्तै प्रधानध्यापक बस्नेतले विद्यार्थीहरुलाई आफुमात्रै होइन अरुका लागि पनि बाँच्न सिकाउनु पर्नेमा जोड दिए । उनले घरपरिवारले सिकाउनुपर्ने सकारात्मक सँस्कार घरबाटै सिकाउन अनुरोध गर्दै विद्यालयले मात्रै सबै सिकाउन समयभाव हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google