प्राथमिक तह शिक्षक र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

दर्पण दैनिक १८ चैत्र २०८०,०८:२९
post

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो ।

आयोगले यहि चैत १३ र १४ गते सञ्चाल नभएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कका आधारमा सम्बन्धित जिल्लाहरूमा नियुक्ति सिफारिसका लागि आयोगको यहि चैत १७ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको जनाएको छ ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटमा गएर नतिजा प्रकाशित भएको मितिबाट ७ दिनसम्म हेर्न पाउने आयोगले जनाएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: