ललितपुर । शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुरको आयोजनामा ललितपुरमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहका १र१ विद्यालयले सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख निमप्रकाश सिंह राठौरले जानकारी दिएका छन् ।
प्रदर्शनीमा बागमती गाउँपालिकाको शारदा शिक्षा सदन माध्यमिक विद्यालयले रक्तसञ्चार, महाङ्कालको बाघभैरव माध्यमिक विद्यालयले हाइवे, कोन्ज्योसोम गाउँपालिकाको गुप्तेश्वर माध्यमिक विद्यालयले भूकम्प प्रतिरोधी घर, महालक्ष्मी नगरपालिकाको वेस्ट विङ माध्यमिक विद्यालयले सोलार सिस्टम र ललितपुर महानगरपालिकाको श्रमिक शान्ति विद्यालयले पोलिनेशनको परियोजना प्रस्तुत गरेका थिए ।
सम्बन्धित विद्यालयले स्थानीय तहको प्रतिनिधित्व गरेका छन् । जसमा प्रथम वेष्ट वीङ, दोस्रो वाणिविलास, तेस्रो श्रमिक शान्ति र सान्त्वना गुप्तेश्वर विद्यालय भएका छन् ।
यस्ता कार्यक्रमले बालबालिकाले अनुभवमा आधारित सिकाइ पाउनुका साथै प्रस्तुतीकरणमा समेत फाइदा पुग्ने इकाइ प्रमुख राठौरले बताए ।
प्रथम हुने विद्यालयले वागमती प्रदेश स्तरमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
उत्कृष्टलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयालले विद्यार्थीका क्षमताले सम्मान पाएको र विद्यालयले यस्ता कार्यमा लाग्न प्रेरित गरे । साथै उनले सिकाइलाई वैज्ञानिक बनाउन समेत आग्रह गरे ।
कार्यक्रम शिक्षा विकास निर्देशनालय हेटौंडा, मकवानपुरको सहयोगमा भएको हो।प्रदर्शनीको करीब एक हजार विद्यार्थीले अवलोकन गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google