प्राथमिक तहमा ४ हजार ४६२ शिक्षककाे लागि विज्ञापन खुल्याे (सूचनासहित)

दर्पण दैनिक १५ बैशाख २०८१,११:१५
post

काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ । आयोगले आज (शनिबार) सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो । 


शुक्रबारको निर्णयअनुसार सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ ।  खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

बागमती प्रदेशमा एक हजार १०३, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जना नयाँ शिक्षक नियुक्तिका लागि आवेदन खुला गरिएको हो ।  

योग्यता पुगेका इच्छुक व्यक्तिले  https://tsc.gov.np/ मा जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ ।

सूचना https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=548&fn=bigapan%20primary_2080.pdf

 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: