भट्टेडाँडा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजेन्द्र कार्की, शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिवद्धता

दर्पण दैनिक २६ असार २०८०,०६:५५
post

ललितपुर । बागमती गाउँपालिका-३ भट्टेडाँडामारहेको भट्टेडाडा आधारभूत विद्यालयको व्यवस्थापन समितिमा राजेन्द्र कार्की सर्वसम्मत भएका छन् । ०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा राजेन्द्र कार्कीको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भएको हो । पछिल्लो समयमा शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर प्रदान गर्न युवाहरू अग्रसर हुनु सकारात्मक पक्ष हो ।

कार्कीको नेतृत्वमा गठन भएको समितिमा अध्यक्ष राजेन्द्र कार्की सदस्य शिव प्रसाद सन्जेल, सुशीला सुनार , रूपक नेपाली , सरिता थिङ , गौरी खड्का ,सदस्य सचिव सिताराम चाैरेल रहेका छन् । यसअघि दीपक घिमिरे समिरको नेतृत्वमा सञ्चालन भएको विद्यालयमा कार्कीको आगमले अझ शैक्षिक गुणस्तर लगायत भौतिक पुर्वधारमा अझ सुधार आउनेमा अभिभावक विश्वस्त रहेका छन् ।कार्यक्रममा वडा अध्यक्ष नवराज खड्का, प्रअ सिताराम चौरेल, निबर्तमान अध्यक्ष दिपक घिमिरे समीर लगाएत अभिभावक र स्थानीयको उपस्थित रहेको थियो ।

को हुन राजेन्द्र कार्की 

स्थानीय अभिभावक समेत हरेका कार्की कुशल समाजसेवी हुन । विगत लामो  समय देखि भट्टेडाँडा टोल विकास समितिको अध्यक्ष रहेर कार्यसंञ्चालन गरिरहेका कार्कीले विद्यालयमा अध्ययन गर्ने बालबालिका हरूलाई शैक्षिक सामग्री देखि पोसाक वितरण खेलकुद सामग्री वितरण गर्दै  आइरहनु भएको छ ।

त्यसो त आफू टोल विकास समिति अध्यक्ष भैरहदा विभिन्न क्षेत्रहरूमा वृक्षारोपण बालबालिका हरूलाई प्रोत्साहन सामग्री अनाथ असाय हरुको लागि सहयोग गरिरहेका कार्की लाई त्यस क्षत्रको जनताले रुचाइएको व्यक्तिको रूपमा हेरिन्छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: