भकान्जे स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर सुरु

दर्पण दैनिक २५ आश्विन २०८१,१८:१८
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर पाँच भकान्जे स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर सुरु भएको छ । हिमालयन प्रोजेक्टको आयोजनामा सुरु गरिएको सो शिविर चार दिनसम्म चल्ने छ । शिविरमा महादेव आधारभूत विद्यालय छिरिङखर्क, बुढाकिन्जा आधारभूत विद्यालय किन्जा, सगरमाथा आधारभूत विद्यालय सगरडाडा, छिम्बु आधारभूत विद्यालय छिम्बु र चन्द्रज्योति माध्यमिक विद्यालय भकान्जेका विद्यार्थीहरुको दन्त परीक्षण गरिने शिविर संयोजक रजनी तामाङले दर्पण दैनिकलाई जानकारी दिएकी छन ।चार दिनसम्म चल्ने सो निशुल्क दन्त शिविरमा डा. जाङ्बु शेर्पा, डा. पसी शेर्पा, रजनी तामाङ, एलिशा प्रधान, शिवराज बस्नेत, पासङ तामाङ तथा पासङ शेर्पा लगायतका स्वास्थ्यकर्मीको संयुक्त टोलीले सेवा प्रदान गरिरहेका छन । 


त्यस्तै हिमालयन प्रोजेक्ट डेनमार्कका अध्यक्ष पपाकुर्टले धेरै विद्यार्थीहरुको उपस्तिथि र उनीहरुको दन्त परीक्षण गराउन पाँउदा खुसी लागेको बताए । 

उद्घाटन समारोहमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले हिमालयन प्रोजेक्टले गरेको काम मननयोग्य रहेको बताउदै हिमालयन प्रोजेक्टमार्फत पपाकुर्टले शिक्षामा गरेको लगानी बिर्सिन नहुनेमा जोड दिइन ।

डाक्टर जाङ्बु शेर्पाले भकान्जेमा आएर दन्त परीक्षण गर्न पाउँदा खुसी लागेको बताउदै शिविर अवधिभर भकान्जे बासीको पूर्ण साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: