
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाकाे आयाेजनामा नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल र शिर मेमोरियल अस्पताल बनेपाकाे प्राविधिक सहयोगमा आँखा र दाँत सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।
स्वास्थ्य शिविरकाे पहिलाे दिन वडा नं १ काे वडा कार्यालयबाट वडा १ का वडाध्यक्ष इन्द्र बहादुर अधिकारीकाे सभपतित्वमा, गाउँपालिका उपाध्यक्ष दलमान थाेकरकाे विषेश अतिथ्यता र गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङकाे प्रमुख अतिथ्यतामा उद्घाटन गरिएकाे हाे ।
तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले उद्घाटन गरेसँगै वैशाख १० देखी १८ गते सम्म सञ्चालन हुने स्वास्थ्य शिविर सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले चुनावमा बोलेको वाचा पुरा गर्न हामी निरन्तर लागिरहेको बताए । सो कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी स्वास्थ्य शिविरमा खटिएका विभिन्न तहका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google