नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

दर्पण दैनिक ५ माघ २०८०,१०:४०
post

काठमाडाैं । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो । नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एसएस/कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो । त्यसैगरि सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी (नास्ट), नेसनल इनोभेसन सेन्टर(एनआइसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले शोधकर्ताको रुपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ ।
युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधामा छुट्टाएको छ । जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स,जीवन विज्ञान,रसायन र वातावरण विज्ञान,भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

यस शिखर सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ । सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु,भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतकरणका आधारमा छनौट गरिने आयोजकले जनाएको छ ।

युवा शिखर सम्मेलनमा सहभागी युवाहरुलाई विभिन्न उपाधि,प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ । प्रत्येक विधाका विजेताहरुलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन् । पुरस्कारका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: