# भर्खरै
Namaste Icon

प्रदेश १

कनकाई नदीमा स्नान गर्नेको घुँइचो, यस्तो छ जनविश्वास

कनकाई नदीमा स्नान गर्नेको घुँइचो, यस्तो छ जनविश्वास

झापा । मकर सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो लागेको छ । नदी तटमा मङ्गलबारदेखि नै मेला लागेका छ । कनकाई माईमा लाग्ने मेला पूर्वको प्रसिद्ध मेला हो ।  मेलामा किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कनकाई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न र भाकल पुरा गर्न भक्तजनको भिडलाग्ने गर्दछ । नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा मनोकामना पूरा हुने जनविश्वास यहाँ रहेको पाइन्छ ।


सुतेकै ठाउँमा किशोरीमाथि बलात्कार

सुतेकै ठाउँमा किशोरीमाथि बलात्कार

मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।


१० रुपैयाँमै पेटभरी खाना खान पाईने, कहाँ हाे त्यो ठाँउ (भिडियो सहित)

१० रुपैयाँमै पेटभरी खाना खान पाईने, कहाँ हाे त्यो ठाँउ (भिडियो सहित)

काठममाडौ । विराटनगरको काली मन्दिर अगाडी हरेक दिन ११ बजे १० रुपैयामै खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । त्यहाँका स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु यस्तो अभियान शुरु गरेका हुन् ।


हेलिकोप्टर कम्पनीले कानूनको खिल्ली उडाए, नियम विपरीत निर्माण सामग्री ढुवानी

हेलिकोप्टर कम्पनीले कानूनको खिल्ली उडाए, नियम विपरीत निर्माण सामग्री ढुवानी

काठमाडौँ । सोलुखुम्बु खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् ।


झापामा श्रीमती छोडन पाउ भन्दै ३ सय पुरुषले हाले मुद्धा

झापामा श्रीमती छोडन पाउ भन्दै ३ सय पुरुषले हाले मुद्धा

झापा । जिल्लामा गत बर्ष ३ सय ४८ वटा अंशबण्डाका मुद्धाहरु दर्ता भएको पाईएको छ । अंश दाबी गर्ने महिलाहरुको संख्या अधिक रहेको छ । जिल्ला अदालत झापाका श्रेष्तेदार दुर्गाप्रसाद खनालका अनुसार ३ सय ४८ वटा अंश मुद्धा दर्ता भएकोमा २ सय ५ वटा महिलाले अंश दाबी गरेकाछन् ।


जीप दुर्घटनामा चार जनाको मृत्यु

जीप दुर्घटनामा चार जनाको मृत्यु

काठमाडैँ । उदयपुरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जीप उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ३, जरुवामा भएको हो । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ घर भई हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टीकानारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् ।


नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

नेकपा इलामले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन भएका छन । यस्तै, देउमाई नगरपालिकाका इञ्चार्जमा शान्ता बस्नेत, सहइन्चार्ज सूर्य पोखरेल र गोविन्द न्यौपाने, माई नगरपालिकाका इञ्चार्जमा महेश बस्नेत, सहइन्चार्जमा बुद्धि खनाल र दीपक सिन्चुरी रहनुभएको नेकपाले जनाएको छ ।


दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ

चित्रकुमार कार्की, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सफल व्यावसायी कौसल दाहालको नेतृत्वमा मोवाईल व्यावसायी संघ गठन भएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकास संगै मोवाईल पनि मानिसको दैनिकी संग जोडिएको छ । तर यसको गलत प्रयोग बजारमा मोबाईल किनबेचमा ठगी पनि उत्तिकै बढेको पाईन्छ ।


गाउँपालिका प्रमुखको गाडीमा आगजनी

गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।


मकुण्डोधारी अज्ञात समूहले खोलामा लुगा धोईरहेकी महिलाको दुवै स्तन काटेर भागे

मकुण्डोधारी अज्ञात समूहले खोलामा लुगा धोईरहेकी महिलाको दुवै स्तन काटेर भागे

भोजपुर। जिल्लाको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् ।