Namaste Icon
Ad
Ad
Ad

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक

प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ गीत ‘बन्छ नमूना नेपाल’ युट्युबमार्फत बजारमा सार्वजनिक भएको छ ।


क्राइम पेट्रोलकी कलाकार प्रेक्षाद्वारा आत्महत्या, इन्स्टाग्राम स्टोरीमा लेखिन यस्तो

क्राइम पेट्रोलकी कलाकार प्रेक्षाद्वारा आत्महत्या, इन्स्टाग्राम स्टोरीमा लेखिन यस्तो

एजेन्सी । टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित आफ्नो घरमा आत्महत्या गरेकी छिन् । उनी २५ वर्षकी थिइन् । क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षालाई मंगलबार बिहान उनको कोठामा झुण्डिएको अवस्थामा भेटिएको हो ।


भद्रगोलका ‘बेलासे’को मार्मीक फेसबुक स्ट्याटस

भद्रगोलका ‘बेलासे’को मार्मीक फेसबुक स्ट्याटस

काठमाडौं । हास्य टेलिभिजन शृंखला भद्रगोलबाट लोकप्रियता कमाएका कलाकार सुवास कार्की ‘बेलासे’ कोरोनालाई जित्न सफल भएका छन्। तत्कालीन भद्रगोलका निर्मातासमेत रहेका कार्की सेवाका सिलसिलामा घरबाट कार्यालय र कार्यालयबाट घर आउजाउ गर्ने क्रममा किनमेलका लागि सपिङ सेन्टर जाने आउने गर्दा थाहै नपाई कोरोनाको शिकार भएका थिए।


गायक क्षेत्रीले ल्याए 'एक तर्फी' सार्वजनिक (भिडियो सहित)

गायक क्षेत्रीले ल्याए 'एक तर्फी' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लामो समय देखि अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ सार्वजनिक गरेका छन्। सफ्ट सेण्टिमेण्टल भर्शनको यस गीतमा गायक बरुवालले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन्। मायालुको सम्झनामा गाइएको मनछुने गीतमा स्वर, शब्द , संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको रहेको छ। गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन्।


माफी मागेर विवादित भिडियो हटाउन अनुष्कालाई कानुनी पत्र

माफी मागेर विवादित भिडियो हटाउन अनुष्कालाई कानुनी पत्र

एजेन्सी । भारतीय नायिका अनुष्का शर्मालाई उनले निर्माण गरेको वेभ सिरिज पाताल लोकमा समावेश एक विवादित भिडियो हटाउन कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । नेपाली केटीलाई अपशब्द प्रयोग गर्दै अपमान तथा गालीगलौज गरेको भिडियो हटाउन लिगल नोटिस पठाइएको हो । नोटिसमा भिडियोमा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली नारीको अपमान भएकाले अनुष्काले माफी मागेर भिडियो हटाउन माग गरिएको छ ।


लोकदोहोरी गीत 'सालको पात' ले फेरी बनायो नयाँ रेकर्ड

लोकदोहोरी  गीत 'सालको पात' ले फेरी बनायो नयाँ  रेकर्ड

चन्द्रकुमार विश्वकर्मा, काठमाडौ । सुमधुर स्वरका धनि लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको 'सालको पातको टपरी हुनि हे बरै, न हुनि सल्लैको' बोलको गीत छोटो समयमा नै दर्शक श्रोताले अत्याधिक मन पराएका थिए । 'वसन्त थापा' युटुब च्यानल मार्फत सार्बजानिक भएको उक्त गीतले देश तथा बिदेशमा सधै चर्चा र माया पाईरहेको छ ।


नेपाल–भारत सीमा विवादबारे वर्षा राउतको भिडियो क्लीप : चौतर्फी विरोध

नेपाल–भारत सीमा विवादबारे वर्षा राउतको भिडियो क्लीप : चौतर्फी विरोध

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् ।


'ललितकला थेरापी' प्याकेज ल्याउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

'ललितकला थेरापी' प्याकेज ल्याउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

पोखरा । कोरोनाको असर हेरी चरणबद्ध रुपमा 'ललितकला थेरापी' प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनि देश हो । पहिले देखि नै कला संस्कृतिको देश भनेर चिनिएको थियो तसर्थ विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गरे ।


अमृत खातीको शब्द तथा चर्चीत कलाकारको स्वरमा 'हाम्रो माटो' सार्वजनिक (भिडियो सहित)

अमृत खातीको शब्द तथा चर्चीत कलाकारको स्वरमा 'हाम्रो माटो' सार्वजनिक (भिडियो सहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । कोरोना भाइरसको कारण समस्यामा परेका विभिन्न मानिसहरु को घर घरमै पुगेर सहयोग गर्दै आएको राष्ट्रिय सङ्गीतकर्मी संघ नेपालका चर्चित कलाकारहरु ले देशभक्ति गीत ल्याएका छन । हाम्रो माटो बोलको गीतमा चर्चित कलाकारहरु । उक्त गीतमा अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीले आवाज दिएका छ्न । गीतमा शब्द अमृत खातीको छ भने, लय अमृत खाती र राजा राजेन्द्रको रहेको छ । त्यस्तै, सङ्गीत संयोजन कमल सौरागले गरेको छ्न ।


चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपालको नयाँ नक्साको पक्षमा लेखेपछि...

चर्चित अभिनेत्री मनिषा कोइरालाले  नेपालको नयाँ नक्साको पक्षमा लेखेपछि...

काठमाडौं । नेपाल सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आम नेपालीहरुमा हर्षछाएको छ । बुधबार आम नेपालीको यही सपना साकारा हुँदा यो दिनले नेपालको इतिहासमा अमरत्व कायम गर्ने भएको छ । नयाँ नक्सा जारी गर्ने निर्णयलाई स्वागत गर्नेहरुको ठूलो लर्कोमा उभिन पुगिन नेपाल आमाकी छोरी एवं चर्चित अभिनेत्री मनिषा कोइराला पनि । उनले यो आम नेपालीका लागि गर्विलो दिन भएको उल्लेख गर्दै तीन देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको अपेक्षा पनि गरिन । तर उनको यो देशप्रेम , माटोप्रेम उनले कर्मघर बनाएको बलिउड र विशेष गरी भारतीयहरुलाई भने असैह्य भएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad